स्वास्थ्य अवस्था बुझ्न ओली निवास पुगे प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा

काठमाडाैं | बैशाख ४, २०८०

स्वास्थ्य अवस्था बुझ्न ओली निवास पुगे प्रधानमन्त्री दाहाल र काँग्रेस सभापति देउवा

काठमाडौँ:   नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवा आज (सोमबार)  बालकोट पुगेका छन् ।

 

एक सातादेखि ज्वरोका कारण अस्वस्थ रहेका अध्यक्ष ओलीको स्वास्थ्य अवस्था बुझ्न र समसामयिक विषयमा छलफल गर्न शीर्ष दलका प्रमुखहरू बालकोट पुगेकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । 

 

ओलीसँगको भेटमा संवैधानिक परिषद् सम्बन्धि विधेयक, सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता पारिएका नागरिक छानबिन सम्बन्धी विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल गर्ने सचिवालयले जानकारी दिएकाे छ । 

 

 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्